मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’
रासस
असार ३१, २०७८ बिहीबार
“एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।”
यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उहाँको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल शुरु गर्नुभएको थियो । आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा...