मेलम्ची क्षेत्रका धेरै भौतिक पूर्वाधारमा क्षति
रासस
असार २९, २०७८ मंगलवार
गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् । मेलम्ची नगरपालिका–११ स्थित चन्द्र शम्शेरको समयमा बनेको पुल बाढीले बगाएको छ । विसं १८८६ मा बनेको सो पुल अहिले बगाएको हो । सङ्घीय सडकअन्तर्गत सिपाघाट नजिकै पहिरोका कारण सडक क्षतिग्रस्त...