बैतडीका थप चार जनामा कोरोना पुष्टि, अस्पताल डाक्टरविहीन, परीक्षण गर्ने किट छैन
गोरखापत्र अनलाइन ,
जेष्ठ १०, २०७७ शनिबार
गौरीफन्टा नाका भएर नेपाल आएका बैतडीका थप चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार एक थुनुवामा कोरोना पुष्टि भएको थियो ।
भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका बैतडीको शिवथान गाउँपालिकाका चार जनाको पीसीआर परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको हो । उहाँहरुलाई कैलीली स्थित प्रादेसिक सेती अस्पतालको आईसोलेसनमा राखिएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका एक २३ वर्षीय युवामा कोराना...