बाग्मती प्रदेशमा ३४ जना कोरोना सङ्क्रमित, जनशक्ति र किट अभावमा पिसिआर परीक्षण प्रभावित
गोरखापत्र अनलाइन ,
जेष्ठ ११, २०७७ आईतवार
बाग्मती प्रदेशमा कोभिड - १९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । नेपालमा नै पहिलोपटक गत माघ ९ गते पुरुषमा कोरोना सङक्रमित पुष्टि भएको बाग्मती प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो ।
बाग्मती प्रदेशमा आठ हजार १११ जनाको स्वाब आरटी–पीसीआर विधिबाट परीक्षण गरिएकोमा आठ हजार ९९ सय जनाको रिपोर्टको नतिजा नेगेटिभ प्राप्त भएको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।