देशभरका फुसका छानालाई जस्तापाताले विस्थापित गर्ने
गोरखापत्र अनलाइन ,
जेष्ठ २, २०७७ शुक्रबार
सरकारले तीन वर्षभित्र देशभरका निजी घरका फुसका छानालाई जस्तापाताले विस्थापित गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जोखियुक्त बस्ती स्थानान्तरणलाई समेत सरकारले तीव्रता दिने बताउनुभयो ।
‘पूर्वाधार विकास, सेवा प्रवाह गर्न कठिन हुने, छरिएर रहेका तथा भौगोलिक दृष्टिले असुरक्षित, अपायक, जोखिमयुक्त स्थानमा बस्तीहरु राखिने छैन’ भन्ने नेपाल...