सर्लाहीकी सङ्क्रमित युवती मोटरसाइकलमा दुई साताअघि काठमाडौँ पुगेकी थिइन्
गोरखापत्र अनलाइन ,
जेष्ठ ३, २०७७ शनिबार
सर्लाहीकी तेस्रो कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित युवती दुई साताअघि मात्रै गाउँबाट काठमाडौँ गएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवतीमा आज कोरोना पुष्टि भएको हो । परिवारका सदस्यसँग सोधपुछ गर्दा फागु पूर्णिमा (होली) मनाउन चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाडौँ गएको खुलेको रामनगर गाउँपालिका–४, का वडाध्यक्ष रामनरेश...