चाप बढेपछि उपत्यकामा थप सतर्कता, सबै नाकामा डिस–इन्फेक्सन टनेल राख्ने तयारी
रासस
बैशाख २१, २०७७ आईतवार
सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न थालेको हो । आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको...