लमजुङका १९ युवा भारतको हरिद्वारमा अलपत्र, उद्दारका लागि सरकारसँग अपिल
गोरखापत्र अनलाइन ,
बैशाख २०, २०७७ शनिबार
लमजुङका १९ जना युवा भारतको उत्तरखण्डस्थित हरिद्धारमा अलपत्र परेका छन् । बेसीसहर नगरपालिका, मस्र्याङदी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका र दोर्दी गाउँपालिका युवा उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र अवस्थामा छन् ।
उनीहरुका अनुसार मस्र्याङदी गाउँपालिकाका मात्रै ११ जना अलपत्र छन् । बेसीसहर नगरपालिका वडा नं. ९ का ६ जना, मस्र्याङदी गाउँपालिका १ का ६ जना, २ का २ जना र ९ का ३ जना छन्...