म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए, कुल सङ्ख्या २५ पुग्यो
गोरखापत्र अनलाइन ,
श्रावण १२, २०७७ सोमबार
म्याग्दीमा थप तीन जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै सङ्क्रमितहरूको सङ्ख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित तीनैजना पुरुष हुन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरू दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा परीक्षण गर्दा डेङ्गु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार मङ्गला गाउँपालिका–१, कुहुँका ४१ वर्षीय एक पुरुष, धौलागिरी...