पर्सामा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
श्रावण १६, २०७७ शुक्रबार
पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकाे बिहीबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार ४१ जना सङ्क्रमित थपिएका हुन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार बिहीबार राति अबेर आएको परीक्षण रिपार्टमा नारायणी अस्पतालका दुई जना चिकित्सक, दुई जना स्टाफ नर्स, एक...