ज्येष्ठ नागरिकले जोगाएको परम्परागत पेसा
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुमलगायतका सामग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामग्री हुन् । बाँस र निगालोको मसिनो कप्टेरा तथा चोयाबाट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक वस्तुभित्र पर्छ तर हिजोआज यी सामग्री निर्माण गर्ने मानिस गाउँघरमा कमै छन् । भीमेश्वर नगरपालिका–४, जिलु, सुप्लुङ्गाका भोजबहादुर नगरकोटीले यो सामग्री बुन्न ३७ वर्षअघि सिक्नुभएको थियो । दैनिक जीवनमा आवश्यक डोको, डालो, थुन्से २०४२ सालमा...