झुलाघाटमा दुईसय नेपाली अलपत्र, भारतमा कडा लक डाउन हुँदा गेट खुलेन !
गोरखापत्र अनलाइन ,
चैत्र १३, २०७६ बिहीबार
भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् ।
भारतमा काम गर्दै आईरहेको कम्पनी बन्द भएपछि खाने बस्ने व्यवस्था नहुँदा दुईसय भन्दा बढी नेपालीहरु हिँडेरै नेपाल–भारत सीमा नाका झुलाघाट आईपुगेका हुन् । भारतमा कडा लक डाउनका कारण भारततर्फको गेट खुल्न नसक्दा अलपत्र परेका नेपालीहरु बिहीबार साँझसम्म पनि नेपाल आउन...