प्रदेश २ सरकारद्वारा राहत कोषको स्थापना, कोरोना परीक्षणका लागि छिट्टै प्रयोगशाला सञ्चालनमा ल्याइने
गोरखापत्र अनलाइन ,
चैत्र १३, २०७६ बिहीबार
प्रदेश २ मन्त्री परिषदको आज सम्पन्न बैठकले सरकारको तर्फ बाट २५ करोडको राहत कोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भएको छ ।