दैनिक उपभोग्य वस्तु गोदाममा छ , बजारमा छैन
रासस
चैत्र ९, २०७६ आईतवार
स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसकोे रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाउने कदम चालेपछि सो प्रयास गरिएको हो । तर खाद्यान्न र खाना पकाउने ग्यासको अनुगमन गर्दा आत्तिनुपर्ने स्थिति नभएको पाइएको छ ।