झापामा पनि निर्माण भयो ३० शैयाको क्वारेन्टाइन
गोरखापत्र अनलाइन ,
चैत्र ८, २०७६ शनिबार
झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमताको क्वारेन्टाइन तयार भएको हो ।