पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
रासस
चैत्र ७, २०७६ शुक्रबार
कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो...