धेरै आश्वासन पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?
रासस
माघ २१, २०७६ मंगलवार
तनहुँको शुक्लागण्डकी नगरपालिकाका अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियामा भएको ढिलाइप्रति विरोध जनाउँदै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियाको कामलाई अगाडि बढाउन माग गर्दै धर्ना दिएका हुन् ।