कर्णाली प्रदेश जोड्ने सडक कालिकोट सिमानासम्म पुग्यो
रासस
माघ २२, २०७६ बुधबार
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ । सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ । दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ । कालिकोटको सिमानासम्म सडकको कच्ची मार्ग खोल्ने क्रम सकिएको छ ।