रसुवाका गाउँगाउँमा सडक सञ्जाल विस्तार
रासस
माघ २०, २०७६ सोमबार
राजधानीको नजिक रहेता पनि भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
पर्यटकीय क्षेत्र मानिएको लाङटाङ बाहेक रसुवामा कायम भएका स्थानीय तहका २७ मध्ये २६ वडाको गाउँगाउँमा सडक सञ्जाल जोडिएकाले स्थानीयवासीमा उमङ्ग छाएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो ।