एशियाकै लामो झौलुङ्गे पुल एक वर्ष अगाडि निर्माण सकिदै
गोरखापत्र अनलाइन ,
पुष १९, २०७६ शनिबार
दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ ।
२०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो ।