हिमाली भेगमा हिमपात, बढ्यो चिसो
गोरखापत्र अनलाइन ,
मंसिर २६, २०७६ बिहीबार
हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ परेको स्थानीयले बताएका छन् । करिब १÷२ घण्टा हिउँ परेपछि चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङका अनुसार बिहीबार विहानबाट हिउँ पर्न सुरु भएको हो । चिसो बढ्न थालेको छ । ‘गाउँघरमा वस्तीमै हिउँ प¥यो । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दै छ’ उहाँले भन्नुभयो, ‘चिसो बढेर मात्रै हो । जनजीवनमा भने खासै...