उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र
हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् ।
उपनिर्वाचन २०७६: उम्मेदवारबीच कडा प्रतिस्पर्धा
मङ्सिर १४ गते हुने उपनिर्वाचनले बागलुङको पश्चिम क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ । बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का सांसद टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुन लागेको त्यस क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
चितुवाको पासो बनाउने सम्मानित
पासो बनाई चितुवा पार्न सफल चार व्यक्तिलाई भानु नगरपालिका तथा डिभिजन वन कार्यालय तनहुँले आईतबार सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मुख्य कालीगढहरु ७७ वर्षीय हरिभक्त ढकाल र मनबहादुर राना एवं दुईजनालाई मद्दत पु¥याउनेहरु सहायक कालीगढ हीराबहादुर आले र लसबहादुर आले रहनुभएको छ ।
उडान आंशिकरुपमा बन्द हुने
कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख
झापाको कनकाई नगरपालिका २ जामुनवारी सामुदायिक वन हाताभित्र गत फागुन २८ गते हात्तीको आक्रमणबाट मारिएका ओमनाथ खनालको परिवारलाई नेपाल सरकारले उपलब्ध गराएको १० लाख रुपैँया हस्तान्तरण गरिएको छ ।