तेल सकिएको बस दुर्घटना हुँदा वृद्धाको मृत्युु
गोरखापत्र अनलाइन ,
मंसिर ४, २०७६ बुधबार
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर –८ बोच स्थित ठुल्नागीमा यात्रु वाहक बस दुर्घटना हुँदा एक वृद्धा महिलाको मृत्यु भएको छ ।
बुधबार दिउँसो साँढे १२ बजेको समयमा रोकिरहेको बा ३ ख २९९७ नम्बरको गौरीशंकर यातायातको बस एक्कासी पछाडि गुडेर पल्टिदाँ वैत्यश्वर–३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको हो ।