फेरी लगाउनेकाे पीडा : नेपालमा सम्मान भएन भारत जान वाध्य
गोरखापत्र अनलाइन ,
कार्तिक १६, २०७६ शनिबार
कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीहरूको पुख्र्यौली पेशा संकटमा पर्दै गएको छ ।
नेपालमा जोगीलाई माग्ने , भिखारीका रुपमा हेर्न थालिएपछि अल्पसंख्यक जोगीहरू ‘फेरी’ लगाउन भारतका नेपाली भाषी गाउँतिर जान थालेको कानेपोखरी–७ का दुर्गालाल जोगीले बताउनुभयो । नेपालमा पुख्र्यौली पेशाबाट घर खर्च टर्दैन । खेतीपाति छैन् । जहाँ आफ्नो सम्मान हुन्छ । त्यहीँ जाने हो ।