पूरै गाउँ भाइरल ज्वरोको जोखिममा
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
पाँचकाटिया–बारेकोट हुँदै जुम्ला सडकको निर्माण शुरु
खलङ्गा–पाँचकाटिया सडकको ट्याक खुला भएको करीब नौ वर्षपछि पाँचकाटिया फूलचाउली, कार्याल्दापाखा, बारेकोट र चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिने भएको छ ।
छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प
महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताउनुभयो ।
छ वर्षमा ३६ सय महिलाले पाए अङ्गिकृत नागरिकता
सर्लाहीमा छ वर्षको अवधिमा तीनहजार ६११ जना महिलाले वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् । वि.सं. २०७० साउन १ गतेदेखि २०७६ भदौ ३१ गतेसम्म सो सङ्ख्यामा वैवाहिक अङ्गिकृत नागरिकता प्रदान गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
राप्तीखोलामा डुबेको अवस्थामा युवकको शव फेला
मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयास्थित राप्तीखोलामा डुबेको अवस्थामा युवकको शव फेला परेको छ ।