विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ ।
दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा
मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ ।
लागुऔषधसहित दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ ।
कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छ - मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताउनुभएको छ ।
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।