तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा
रासस
आश्विन ८, २०७६ बुधबार
स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ ।