पासाङल्हामु राजमार्ग मर्मत शुरू
रासस
भाद्र २९, २०७६ आईतवार
पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरिएको बताइएको छ ।