डेङ्गु नियन्त्रित रहेको प्रदेश मन्त्रीको दावी, नियन्त्रण र रोकथाम प्रभावकारी भएनः प्रदेश सभाका सदस्य
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
प्रदेश ३ का प्रदेश सभाका सदस्यहरुले प्रदेशका जिल्लासहित देशभर डेङ्गु महामारीकारुपमा फैलिरहेको बेला नियन्त्रण र रोकथामको काम प्रभावकारी नभएको बताउनु भएको छ ।
डेङ्गुको ज्वरोका सङ्क्रमण नियन्त्रण गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने भन्दै प्रदेश सभाका सदस्यहरुले डेङ्गु नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक भएको औँल्याउनुभयो ।