तनहुँमा मानव र वन्यजन्तुको द्वन्द्व बढ्यो
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७६ बिहीबार
तनहुँमा वन्यजन्तु आहारा खोज्न मानव बस्तीमै पुग्न थालेका छन् । वनजङ्गलमा आहारको अभाव हुन थालेपछि चितुवा, भालु मानव बस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्न थालेको पाइएको छ । वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा चार जना बालबालिकाको मृत्यु भइसकेको छ ।