logo
२०८१ मंसिर ९ आईतवार



सुनसरीका दुई शिक्षण संस्थामा विष्फोट

प्रदेश |


सुनसरीका दुई शिक्षण संस्थामा विष्फोट



सचिन पोख्रेल
इटहरी, भदौ २० गते । सुनसरी जिल्लाको छुट्टाछुट्टै दुइ शैक्षिक संस्थामा अज्ञात समूहले गए मध्यरातमा बम विष्फोट गराएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र रहेको दिल्ली पव्लिक स्कुल र इटहरीको सुष्मा गोदावरी कलेजमा बम विष्फोट भएको हो । विष्फोटबाट विद्यालयको कम्पाउण्ड वालमा सामान्य क्षति पुगेको छ ।
विष्फोटनका कारण दिल्ली पब्लिक स्कुलको भवनको झ्यालको सिसा फुटेको छ भने इटहरीको सुष्मा गोदावरी कलेजको पर्खालमा सामान्य क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मध्यराती करिब साढे १२ बजे दुवै स्थानमा एकै पटक विष्फोट भएको हो ।
ति दुबै शैक्षिक संस्थामा यस अघि विप्लव समूहले चन्दा माग गरेको र नदिएपछि तर्सासाउने नियतले विष्फोट गराएको सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शार्मले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान र छानबिन शुरु गरिसकेको पनि जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?