मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान, अन्यमा धमाधम काम
रासस
चैत्र १३, २०७८ आइतवार
पानी पर्नासाथ बागलुङ नगरपालिका–३ स्थित बाेक्से खाल्टोमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन्छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सबैभन्दा समस्याग्रस्त क्षेत्र बोक्से क्षेत्र कमजोर भौगोलिक बनावट र पानीको मूलका कारण बर्खामा मात्रै होइन, हिउँदमा सुक्खा पहिरो खस्छ ।
बर्खा लाग्यो भने त लोकमार्ग आयोजनाले पहिरो पन्छाउन आवश्यक उपकरणहरू बोक्सेमै राख्नुपर्ने अवस्था छ । लोकमार्गको...