logo
२०८१ बैशाख १४ शुक्रवार



ठोकर्पा– देशकै पहिलो एक घर एक धारा घोषणा

खुला |
प्रदेश |


ठोकर्पा– देशकै पहिलो एक घर एक धारा घोषणा
सुनकोशी गाउँपालिका–१ ठोकर्पाको शतप्रतिशत घरमा निर्माण



चित्र मिजार
सिन्धुपाल्चोक, चैत १३ गते । अत्यन्तै सुख्खाग्रस्त क्षेत्रको रुपमा परिचित सुनकोशी गाउँपालिका–१ ठोकर्पामा शत प्रतिशत घरमा धारा निर्माण गरी देशकै पहिलो वडा घोषणा गरिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार उक्त धाराको उद्धघाटन गर्नुभएको छ ।

उक्त वडाका ७८६ घरमा मिटर जडित धारा निर्माण गरी चौबिसे घण्टा स्वच्छ खानेपानी झारिएको वडा अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो । २०७२ सालको भूकम्पपछि ठोकर्पालगायत सिन्धुपाल्चोकका सयौं गाउँमा खानेपानी मुहान सुकेका थिए । २०७५ साल जेठ १५ मा घर घरमा धारा, घरघरमा पानी अभियान शुरु गरिएको थियो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसीले आफूले निर्वाचन जित्नु अघि ठोकर्पा, थुम्पाखर लगायतका वडाहरु सुख्खाग्रस्त थिए । तर यो पाँच बर्ष भित्रमा खानेपानी समस्या समाधान गर्दे आएको बताउनुभयो । खानेपानीका साथै शिक्षा, स्वास्थ्य, सडक, सिँचाइलगायतका क्षेत्रमा पनि उल्लेखनीय विकास गरेको उहाँले दाबी गर्नुभयो । सीमितस्रोत साधानबाट गाउँपालिका समृद्ध हुने काम भएको उहाँले दाबी गर्नुभएको छ ।

वडाका सबै घरलाई पानी पु¥याउन लक्ष्यले एक डिपबोरिङ, तीन वटा लिप्टिङ र अन्य सा–साना प्राकृतिक स्रोतहरुलाई संकलन गरेर खानेपानी योजना सम्पन्न गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । खानेपानी संकलन गर्न तथा वितरण गर्नका लागि दुई लाख लिटर क्षमतादेखि २० हजार लिटर क्षमता सम्मका गरी २६ वटा रिर्जभ तथा वितरण टयाङ्कीहरु निर्माण गरिएका छन् । पाँच वर्षको अथक प्रयासपछि २०७८ जेठ १५ गते सो वडाका सम्पूर्ण घरधुरी, संघसंस्थाहरुसहित शतप्रतिशत घरमा धारा निर्माण भएका छन् ।

ठूलादेखि साना गरी १७ वटा खानेपानी प्रणालीमार्फत् स्थानीय श्रमदान र सहभागिताको उच्चतम प्रयोग गरी खानेपानी अभियान सम्पन्न भएको थियो । खानेपानीको अति अभाव हुने सुख्खा समयमा खानेपानी माग ४५ प्रतिशत, डिपबोरिङ, ३५ प्रतिशत लिप्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानको आपूर्ति भइरहेको छ । वर्षायाममा समयमा शतप्रतिशत प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी सिस्टम जोडर खानेपानीको आपूर्ति गरिएको छ ।

सुनकोशी गापा–१ ठोकर्पाकी गृहिणी जानुका भण्डारीले वषौंदेखि चरम खानेपानी अभाव व्यहोरेको तर अहिले घरको आँगनमै खानेपानी आउँदा हर्षको सीमा नरहेको खुशी व्यक्त गर्नुभयो । पहिले सबैरे उठेर घण्टौं हिडेर कुवामा पानी भर्न जादाँ पालो नपाइने समस्या सम्झँदै भण्डारीले भन्नुभयो–‘अब त घरको आँगनमै खानेपानी पाएपछि दैनिकी सहज भएको छ’ ।

गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सुनकोशी गापा–१ ठोकर्पालाई शतप्रतिशत घरधुरीमा शतप्रतिशत मिटरजडित धारामार्फत् नियमित खानेपानी आपूर्ति भइरहेको देशकै पहिलो वडा घोषणा गरेको छ । देशभरका ७५३ वटै स्थानीय तह अन्र्तगत ६ हजार ७४२ वडाहरुमा सबै भन्दा पहिले सुनकोशी गापा–१ ले शतप्रतिशत घरमा मिटर जडित धारा निर्माण गरेको छ ।

विभिन्न संघसंस्थाको ४० लाख र स्थानीय सरकारको दुई करोड ५० लाख गरी करिब २ करोड ९० लाखमा धारा निर्माण भएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?