सरकारले तीनवटा देशसँग हवाई सम्झौता गर्ने
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
नेपाल सरकारले तीन वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकले भाद्र १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनेतर्फ वायुृसेवा निगमहरुसँग...