मलेसियामा अलपत्र नेपाली पिन्तुमाको उद्धार पहल, छोराको जन्मदर्ता नहुँदा कठिनाइ
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७७ मंगलवार
मलेसियाको सुवाङ पार्कमा अलपत्र ओखलढुङ्गाकी पिन्तुमाको उद्धारमा कठिनाई भएको छ । पिन्तुमाको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै कागजी प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएका कारण उनको उद्धारमा कठिनाई भएको हाे ।
मानसिक सन्तुलन गुमाएकी मोलुङ गाउँपालिका ८, राँगादिपकी उनी मलेसियाको सडकमा वर्षंैदेखि अलपत्र परेका कारण ओखलढुङ्गा एकता सेवा समाज मलेसियाले उनलाई नेपाल पठाउन खोजे पनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता...