लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि
गोरखापत्र अनलाइन ,
श्रावण २३, २०७७ शुक्रबार
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्यष्टी गर्न मृतकका परिवार संग सहमति प्राप्त भएको छ ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शब मध्ये १७२ जनाको शव विदेशमानै अन्त्यष्टि लागि समहमति प्राप्त भएको हो । यस मध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाएको छ ।