साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह
गोरखापत्र अनलाइन ,
जेष्ठ २५, २०७७ आईतवार
साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलले आग्रह गरेको छ ।
कन्सुलेटले साउदी अरेबियाको मक्का पश्चिम क्षेत्र (ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरान ) मा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।