राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री फर्कदै
रासस
आश्विन १३, २०७८ बुधबार
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर भोलि बिहीबार बिहान स्वदेश फर्कदै हुनुहुन्छ ।
न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।