logo
२०८१ जेष्ठ ९ बुधवार



भारत भ्रमणमा शीर्ष नेतासँग भेटवार्ता हुन्छ : महत

विदेश |
राष्ट्रिय |


भारत भ्रमणमा शीर्ष नेतासँग भेटवार्ता हुन्छ : महत


काठमाडौं, असोज २० गते । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली भोलि भारत जाने जाने हुनुभएकाे छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा बिहीबार विहान ११ बजे भारत जान लागेको कांग्रेस सहमहामन्त्री महतले जानकारी दिनुभयो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा आफूहरु भारत जान लागेको महतले बताउनुभयो । उहाँले आफूसँग नेताद्वय उदय शम्शेर राणा र अजय चौरसिया भारत जाने बताउनुभयो ।

भ्रमणमा दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने उहाँले बताउनुभयो । साथै, भ्रमणमा भाजपाका शीर्ष नेताहरुलगायत प्रमुख राजनीतिक दलका नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि गत अगष्ट महिनामा कांग्रेस सहमहामन्त्री महतको निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले नेपाल भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?