एजेन्ट खारेजीको सात महिना, ठगीका उजुरी ४४ प्रतिशत घट्यो
गोरखापत्र अनलाइन ,
माघ १७, २०७६ शुक्रबार
बैदेशिक रोजगारीमा ‘एजेन्ट’ प्रथा खारेज करीब सात महिनाको अवधिमा नै व्यक्तिगत ठगीको उजुरीमा ४४ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ठगी आरोपितहरूका बिरुद्ध ८१ प्रतिशत बढी मु्द्दा दर्ता गरेको थियो ।