पोर्चुगोलमा नेपाली खाना र नेपाल चिनाउँदै
गोरखापत्र अनलाइन ,
पुष १०, २०७६ बिहीबार
दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उहाँलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिर्नुभएको थियो । तेत्तीस महिनाको नोकरीपछि उहाँमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बन्नुभयो । साझेदारीमा चलायएको रेष्टुरेन्टबाट...