बालबालिकामा कोरोनाको जोखिम
गोरखापत्र अनलाइन
चैत्र २०, २०७६ बिहीबार
हो, युवा, प्रौढ जस्तै बालबालिका पनि कोभिड–१९ भाइरसको सम्पर्कमा आए संक्रमित हुन्छ । महामारीको रुप लिएपछि सुरुमा बालबालिका कोरोनाबाट संक्रमित नहुने धारणा बन्यो । “तर अब भने युवा र प्रौढमा फैलिने दरमै बालबालिकामा पनि कोरोनाको संक्रमण फैलिने देखिएको स्पष्ट भइसकेको छ, तर बालबालिका गम्भिर हुने अवस्थाबाट भने पूर्ण सुरक्षित छन् ।”