नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७८ शुक्रबार
श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ। श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए।
त्यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे। आरिफ शेखले १३, सोमपाल...