logo
२०८१ मंसिर ८ शनिवार



नेपाललाई श्रीलंका संयुक्त–११ ले दियो २३३ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपाललाई श्रीलंका संयुक्त–११ ले दियो २३३ रनको लक्ष्य
तस्बिर नेपाल क्रिकेट संघ


काठमाडौं, फागुन २७ गते। आईसीसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको हो।

श्रीलङ्का संयुक्त–११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे।

बलिङतर्फ नेपालको दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन÷तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान एक÷एक विकेट लिए। यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा तीनै खेलमा विजयी भएको छ।

नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलङ्काको नेभीलाई क्रमशः १११ रनले र ८९ रनले पराजित गरेको थियो। त्यस्तै तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्काको पुलिसलाई १४४ रनले हराएको थियो।

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली यही फागुन ३० गते श्रीलङ्काबाट सिधै संयुक्त अरब इमिरेट्स (यूएई) जानेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?