आयो हिउँदे झरी, प-यो माहुरीपालकलाई भारी
गोरखापत्र अनलाइन ,
माघ ११, २०७६ शनिबार
पुस महिनामा परेको हिउँदे झरीले माहुरीपालक किसानलाई क्षति भएको छ ।
मौरीको पकेट क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिका ६ सिलिङ्गेमा चिउरीको फूलमा चराउन राखिएका अधिकाँश माहुरीका घारबाट माघको दोस्रो साता भइसक्दा समेत किसानले मह काढ्न सकेका छैनन् ।