मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन
रासस
माघ २२, २०७८ शनिबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “जस्तोसुकै...