तनहुँ जलविद्युत् आयोजनाकाे निरीक्षण, जनमैत्री बनाउन निर्देशन
गोरखापत्र अनलाइन
माघ ९, २०७८ आइतवार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जलविद्युत् आयोजनालाई जनमैत्री हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
निर्माणाधीन यो आयोजनाको शनिबार स्थलगत निरीक्षण गरेपछि ऋषिङ गाउँपालिका–१, झापुटारमा रहेको आयोजनाको कार्यालयमा मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिनुभएको हो । उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिका बारेमा जानकारी...