समूह बनाएर बाख्रापालन
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
बाँकेको महिला व्यावसायिक बाख्रापालनमा सक्रिय रहेका छन् । जिल्लाका पाँच स्थानीय तह राप्तीसोनारी, वैजनाथ, खजुरा, कोहलपुर र जानकीका १३ हजार ५०० महिलाले विभिन्न समूह गठन गरेर बाख्रापालन गरिरहेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेले जनाएको छ । महिलाले बाख्रापालन गरेर पाँच वर्षको अवधिमा २१ करोड ७५ लाख ७९ हजार रुपियाँको १८ हजार ३२८ वटा खसीबोका बिक्री गरेको सो सङ्घका व्यावसायिक प्रबन्धक नवीनकुमार साहुले बताउनुभयो...