निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने तयारी
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एक–डेढ महिनाभित्रै काम सम्पन्न गर्ने बताउनुभयो ।