हवाई यात्रुको उपभोक्ता अधिकारप्रति बेवास्ता
गोरखापत्र अनलाइन
माघ २, २०७८ आइतवार
हवाई यात्रा सहज, छिटो र भरपर्दाे भएको मानिन्छ तर सबै अवस्थामा यसो नहुन पनि सक्छ । तोकिएको समयभन्दा ढिला उडान हुनु वा रद्द हुनु सामान्य हुने गरेको छ । नेपालका आन्तरिक हवाई सेवामा आठ घण्टासम्म ढिलाइ हुने गरेको र यस्तो ढिलाइबारे सूचना यात्रुले नपाउने गरेको देखिएको छ । यस्तो ढिलाइमा सेवा प्रदायकले जिम्मेवारी लिने प्रचलन पनि छैन ।